शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परेड कार्यक्रममा आक्रमण ८ सैनिकको मृत्यु

शनिबार, ०६ असोज २०७५, १५ : १४
शनिबार, ०६ असोज २०७५

तेहरान- इरानको दक्षिणपश्चिम प्रान्त खुजेस्तानमा जारी सेनाको परेड कार्यक्रममा शनिबार भएको आक्रमणमा परी कम्तीमा आठ सैनिकको मृत्यु भएको छ । 

उक्त हताहतको जानकारी प्रान्तका उप गभर्नर अलि हुसेन हुसेनजादेहले दिएका छन् । 
यस आक्रमणमा परी कम्तीमा आठ सैनिकको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका उप गभर्नर अलि हुसेनलाई उद्धृत गर्दै अर्ध सरकारी समाचार सस्था इज्नाले जानकारी दिएको छ । 

यस आक्रमणमा घाइते भएकाहरुको अवस्था पनि चिन्ताजनक भएको जनाइएको छ । 
घाइतेहरुको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या पनि बढ्न सक्ने सरकारी अधिकारीहरुको अनुमान रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप