शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विस्फोटनमा परी ८ बालबालिका मारिए

शनिबार, ०६ असोज २०७५, १५ : ०९
शनिबार, ०६ असोज २०७५

अफगानिस्तान– अफगानिस्तानको उत्तरी प्रान्त फार्यावमा भएको विस्फोटनमा परी आठ बालबालिका मारिएका छन् । 

घटनामा अन्य आठ जना पनि घाइते भएका स्थानीय प्रहरी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । 

प्रदेश राजधानी मैमानाबाट उत्तरतर्फ पर्ने शिरिन तागाब जिल्लाको कोह ए सायद गाउँमा शुक्रबार राती यो घटना भएको हो । 

घटनामा तालिबान लडाकू समूहको संलग्नता रहेको प्रहरीका प्रान्तीय प्रवक्ता अब्दुल कारिम उराशले सिन्ह्वालाई जानकारी दिए । 

घटनामा परेका बालबालिकाहरु छ देखि १२ बर्ष सम्मका रहेका पनि प्रवक्ता उराशले बताए । 

अफ्गानिस्तानमा रहेको राष्ट्रसंघीय मिसनका अनुसार यस बर्षको पहिलो छ महिनामा अफगानिस्तानमा जारी विभिन्न हिंसा र हत्यामा परी १६ सय ९० आम नागरिकको मृत्यु भएको छ भने, अरु ३४ सय ३० जना बेपत्ता भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप