शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय फोटोपत्रकार समूहको नयाँ नेतृत्वमा चित्रकार

शनिबार, ०६ असोज २०७५, १४ : ४३
शनिबार, ०६ असोज २०७५

काठमाडौं–राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न भएको छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनएफपिजे नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रुपमा स्थापित गराउने एनएफपीजेले खेलेको भूमिकाको स्मरण गराए । 

आचार्यले नेपाल पत्रकार महासंग एनएफपिजे संग सहकार्य र सहयोग गरेर अगाडी बढ्न तयार रहेको  पनि बताए ।

साधारण सभाले तत्कालीन कार्यसमिति भङग गरी निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिको अध्यक्षमा गोरखापत्र दैनिकका राजेन्द्र चित्रकार चयन भएका छन् । 

यस्तै  उपाध्यक्ष कृष्ण खड्का (रातोपाटी डट कम) महासचिव प्रदिपराज वन्त (रासस), सचिव नवराज श्रेष्ठ (हिमालय टाइम्स नेपाली), कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ (न्यूज अभियान), सह–कोषाध्यक्ष चन्द्रकला क्षेत्री (नयाँ पत्रिका दैनिक) चयन भएका छन् ।

 त्यसैगरी सदस्यहरुमा नवराज वाग्ले (कान्तिपुर दैनिक), तेजबहादुर बस्नेत (टुडे नेपाल न्युज), शोभा महर्जन र आर्यन धिमाल (डिसि नेपाल डटकम), गगन अर्याल (लोकान्तर डटकम), शुशील श्रेष्ठ (राजधानी दैनिक), मुकुन्द कालिकोटे (रिपोर्टस क्लव डटकम) चयन भएका छन् । 

यसैगरी  प्रदिप श्रेष्ठ  र राजेन्द्र थापा पनि सदस्यमा चयन भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप