शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानः सैन्य परेडमाथि हमला, थुप्रै हताहत

शनिबार, ०६ असोज २०७५, १२ : ५१
शनिबार, ०६ असोज २०७५

बीबीसी

इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडको क्रममा बन्दुकधारीले गोली चलाएका छन् ।

सरकारी मिडियाले उक्त हमलामा थुप्रै हताहत भएको जानकारी दिएको छ ।

रिपोर्ट अनुसार जहाँ परेड भइरहेको थियो, हमलाकर्ताले उनीहरुलाई नजिकैको पार्कबाट गोली चलाए । हमलाकर्ता सैनिक पोशाकमा भएको बताइन्छ ।

घटनास्थलका सार्वजनिक भएका तस्बिरमा उद्दारकर्मीले घाइते सैनिकलाई सुरक्षित स्थानतर्फ लैजादैं गरेको देख्न सकिन्छ ।

सरकारी मिडियाका अनुसार गोलीबारी करिब १० मिनेटसम्म चल्यो तर अब स्थिती नियन्त्रणमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप