बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल जुध्दा एकको मृत्यु, एक घाइते

शनिबार, ०६ असोज २०७५, १० : १८
शनिबार, ०६ असोज २०७५

लहान - सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । 

सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स२प १३०९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स९प १११ नम्बरको मोटरसाइकल चालक सिरहाको बरियारपट्टि गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो । 

गम्भीर घाइते हुनुभएको उहाँको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको लक्ष्मीपुर पतारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभुसन यादवले जानकारी दिए । 

घटनामा स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नागरपालिका–५ निमचोक निवासी २६ वर्षीय रामउदगार महतो गम्भीर घाइते भएका छन् । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप