शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फोटो खिचेको भन्दै फोटोग्राफरमाथि भड्किइन् सारा अली खान (भिडियो)

शनिबार, ०६ असोज २०७५, ०९ : ०६
शनिबार, ०६ असोज २०७५

सेफ अली खानकी छोरी सारा अली खान चाँडै नै आफ्नो बलिउड डेब्यू गर्दैछिन् । उनीसँग अहिले दुई फिल्म छन् । उनी रणबीर सिंहको अपोजिट ‘सिम्बा’ मा र सुशान्त सिंहको अपोजिट ‘केदारनाथ’ मा देखिनेछिन् । डेब्यू अघि नै सारा निकै चर्चित भइसकेकी छिन् । सायद यसैकारण क्यामरा पनि उनलाई घेरिरहन्छन् ।

सारा धेरैजसो क्यामरालाई पोज दिइरहन्छिन् । उनको उत्कृष्ट तस्बिरका कारण पनि उनको राम्रो फ्यानफलोइङ छ । हालै उनलाई एक योगा सेशनमा देखिइन् । त्यहाँ सायद उनी फोटो खिच्ने मूडमा थिइनन् त्यसकारण उनी आफ्नो स्थानबाट उठेर फोटोगा्रफरमाथि बर्सिइन् ।

भिडियोः

यद्यपी, पछि साराले आफ्नो यो व्यवहारका लागि माफी पनि मागिन् । स्मरण रहोस्, साराको फिल्म ‘सिम्बा’ यसै वर्ष डिसेम्बर २८ मा रिलिज हुँदैछ । यसबाहेक उनको फिल्म ‘केदारनाथ’ सन् २०१३ मा केदारनाथमा आएको बाढीमा आधारित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप