मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलमा प्रदेशस्तरीय गजल प्रतियोगिता

शनिबार, ०६ असोज २०७५, ०९ : ०२
शनिबार, ०६ असोज २०७५

बुटवल - बुटवलमा पहिलोपटक ५ नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता आयोजना गरिएको छ । 

प्रदेश नं ५ का १२ वटा जिल्लाबाट सहभागी भएकामध्ये १० उत्कृष्ट गजलकारलाई वाचनका लागि शुक्रबार बुटवल बोलाइएको थियो । शान्ति र समृद्धि केन्द्रित गजलमा रुपन्देहीका विष्णु विवश पोखरेल प्रथम, दाङका वसन्त वली वसन्ती द्वितीय, बुटवलका पुरुषोतम पाण्डे तृतीय र पाल्पाका भोजराज भट्टराई तथा गुल्मीका कृष्ण गाउँलेले सान्त्वना स्थान हासिल गर्न सफल भए । 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीले संयुक्तरूपमा प्रतियोगितामा प्रथमलाई १० हजार, द्वितीयलाई, पाँच हजार, तृतीयलाई  तीन हजार र सान्त्वनालाई जनही पुरस्कार दुई हजारसहित प्रमाणपत्र प्रदान गरे । 

नगरप्रमुख सुवेदीले साहित्य कला र संस्कृतिको उत्थानका लागि उपमहानगरले चालू आर्थिक वर्षका लागि २५ लाख विनियोजन गरेको र प्रतिष्ठानलाई बृहत् बनाउने गरी ऐन, नियम, बनाउने काम भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप