मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चाणक्य नीतिः यस्ता श्रीमान्– श्रीमती र सम्बन्धलाई त्याग्नु नै कल्याण

शनिबार, ०६ असोज २०७५, ०८ : ४६
शनिबार, ०६ असोज २०७५

आचार्य चाणक्यका नीति र ज्ञानले हाम्रो जीवन सरल र सुगम बनाउनुका साथै विभिन्न समस्याबाट पनि जोगाउँछ । जीवनलाई सफल बनाउनका लागि आचार्यको नीति–सूत्र निकै उपयोगी मानिन्छ । चाणक्य नीतिले जीवनको पूरा आनन्द लिनका लागि हामीले कस्ता जीवनसाथी र सम्बन्धलाई त्याग्नुपर्छ भन्ने जानकारी दिएको छ ।

१. यस्तो धर्मलाई छोड्नु उचितः

जुन धर्ममा दयाको कुनै स्थान छैन भने यस्तो धर्म पालन गर्नु अर्थहीन र कष्टप्रद हुन्छ । जुन धर्मले अरुलाई दयाको भावना राख्न सिकाउँदैन र जसको पालन गर्दा सौहार्दतामा कमी आउँछ त्यस्तो धर्मलाई त्याग्नु नै उचित हुन्छ ।

२. यस्तो गुरुलाई त्याग्न आवश्यकः

चाणक्य नीति अनुसार गुरु ती व्यक्ति हुन् जसले आफूलाई ज्ञानको सागरमा समावेश गरेका हुन्छन् । यस्ता गुरु जसको भनाई र गराईमा अन्तर हुन्छ अर्थात् जो शिक्षकले आफ्ना शिष्यलाई शिक्षा त दिन्छन् तर त्यही शिक्षा उनको आरचणमा हुँदैन भने त्यस्ता गुरुलाई त्याग्न आवश्यक छ । विद्याको अभावमा बाँचिरहेका व्यक्ति कहिले पनि राम्रो गुरु हुन सक्दैन ।

३. यस्ता श्रीमानलाई त्याग्न उचितः

श्रीमान् जसको व्यवहारमा क्रोध देखिन्छ, जो कुरा गरेपिच्छे चिच्याउने–कराउने गर्छन्, परिवारको स्थिती सही बनाउन ध्यान दिँदैनन्, सन्तानको लालनपालन र राम्रो भविष्य जसको प्राथमिकतामा रहँदैन, यस्ता श्रीमान्लाई त्याग्नु पर्छ । आफ्नो र सन्तानको जीवनलाई राम्रो बनाउनका लागि एउटा नयाँ सुरुवात गर्नका लागि त्यस्ता श्रीमानलाई छोड्नै पर्छ ।

४. यस्ता श्रीमतीलाई छाड्नुपर्छः

यस्ता श्रीमती जसको मुखबाट हरेक समय अपशब्द र क्रोध उत्पन्न हुन्छ । जो घरमा कलहका लागि जिम्मेवार हुन्छिन् । यस्तो व्यवहार गर्ने श्रीमतीलाई छोड्नै पर्छ किनभने यस्ता श्रीमतीसँग मनमा नकारात्मक भावना उत्पन्न हुन्छ जो परिवारको सफलतामा बाधक बन्ने गर्छन् ।

५. यस्ता सम्बन्धमा रहँदा कुनै लाभ हुँदैनः

हाम्रा धेरै आफन्त छन् जसका लागि हामी आफ्नो समय र धन खर्च गर्छौं । तर ती आफन्तमा यस्ता मानिसहरुबारे थाहा पाउनुपर्छ जो साँचो अर्थमा हाम्रो शुभचिन्तक हुन्, हामी र हाम्रो परिवारको विकास चाहन्छन् र साँच्चै नै हामीलाई प्रेम गर्छन् । यस्तो सम्बन्धलाई महत्व दिनुपर्छ र विपत्तिको समयमा उनीहरुलाई साथ दिनुपर्छ । साथै, यस्ता सम्बन्धमा रहनु हुँदैन जुन नामको मात्र हो र त्यहाँ प्रेमको कुनै स्थान छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप