मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आर्मीमा जान नपरोस् भन्दै दक्षिण कोरियाली विद्यार्थीको यस्तो जुक्ति ?

शनिबार, ०६ असोज २०७५, ०७ : ५९
शनिबार, ०६ असोज २०७५

दक्षिण कोरियाको राजधानी सियोलको एक कलेजमा १२ विद्यार्थीले सैन्य सेवाबाट बच्नका लागि अचम्मको जुक्ति निकालेका छन् । यी सबैले दिनमा पाँचदेखि ६ पटक पिज्जा र अन्य जंक फुड खाएर, प्रोटिन सेक पिएर आफ्नो तौल ३० किलोसम्म बढाएका छन् । आर्मीको फिजिकल टेस्टमा यी सबैको अत्यधिक तौल भएको बताउँदै सेनाले उनीहरुलाई सर्भिसमा लिन अस्विकार गर्यो ।

दुई वर्ष अनिवार्य सैन्य सेवाको नियमः

यसको खुलासा सोसल मिडिया र अनलाइन च्याटमार्फत भएको हो । उनीहरु अन्य विद्यार्थीलाई पनि आफ्नो तौल बढाएर मिलिट्री सर्भिसबाट बच्ने टिप्स दिने गर्दथे । यी सबै कुरा लिक भएर सैन्य अधिकारीसम्म पुग्यो ।

दक्षिण कोरियामा २८ वर्षभन्दा कम उमेरका सबै पुरुषका लागि अनिवार्य रुपमा दुई वर्षको मिलिट्री सर्भिसको नियम छ । सेनामा भर्ती हुनका लागि फिजिकल टेस्ट पास गर्नुपर्छ । एक अफिसरका अनुसार यी विद्यार्थीले २० देखि ३० किलोसम्म तौल बढाएका थिए ।

यी सबै १२ विद्यार्थीले संगीत विषयमा स्नातक गरेका थिए । कडा आर्मी सर्भिसको क्रममा गीत गाउन नपाउने भएकाले उनीहरुले यस्तो तरिका निकालेको बताइएको छ । पछि उनीहरुलाई सिभिल कम्युनिटी सर्भिसमा पठाइयो जहाँ उनीहरुले संगीतलाई आफ्नो पूरा समय दिन पाउँथे ।

सेनाका एक अधिकारीले उनीहरुविरुद्ध मुद्धासमेत चल्न सक्ने बताए । उनले भने, ‘यदि उनीहरु दोषी प्रमाणित भए उनीहरुले तौल घटाएर सेनामा भर्ती हुनुपर्छ र त्यसपछि बाँकी भएको कम्युनिटी सर्भिस पनि पूरा गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप