वादी विद्यार्थीको पीडाः विद्यालय गयो भने खान पुग्दैन
दार्चुला - नदी किनारमा बालुवा छान्दै गर्दा भेटिन्छन्, दार्चुला शैल्यशिखर नगरपालिका–९ का ११ वर्षीय नमराज राना । उनी मुस्किलले कक्षा २ मा पुगेका छन् । निरन्तर कक्षा एकमा अनुत्र्तीण हुँदै आएका रानालाई गत वर्ष कक्षा स्तरोन्नति गरिएको हो । विद्यालय गएर किताब पढ्नुभन्दा पनि घरको कामले उनलाई बढी प्रेरित गरेको छ । आजको राजधनी दैनिकम समाचार छापिएको छ ।
उनी अहिले पनि नियमित विद्यालय जाँदैनन् । ‘विद्यालय गयो भने मेरो घरमा बिहान र बेलुकी खान पुग्दैन,’ उनले भने, ‘घरमा इजा (आमा) मात्रै छन् । अहिले विद्यालय जान मन लाग्दैन । काममै ठीक छु ।’
नेपालको संविधानले सबैलाई निःशुल्क आधारभूत र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य र पोषण पाउनु सबै बालबालिकाको मौलिक हक एवं नैसर्गिक अधिकार हो ।
सरकारले पछिल्लो समय ‘हामी सबैको इच्छा, अनिवार्य र आधारभूत निःशुल्क शिक्षा’ मूल नारा एवं ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व’ नाराका साथ विद्यार्थी भर्ना विशेष अभियान देशव्यापी रूपमा सञ्चालन गरेको छ । तर, वादी समुदायका अधिकांश बालबालिका निःशुल्क आधारभूत शिक्षाको पहुँचमा छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे