खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं–सरकारले अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका सुनसरीको हरिनगर गाउँपालिकाका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । उनको बिहिबार दिउँसो अज्ञात समूहले प्रहार गरेको गोली लागेको मृत्यु भएको हो ।
अन्सारीकाे मृत्युपछि स्थानीयका साथै मुस्लिम अगुवाले मृतकलाई सहिद घोषणा गर्दै छानबिन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेबमोजिम सरकारले उनलाई सहिद घोषणा गरेको हो ।
शुक्रबार अबेर सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले उनलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई राहत स्वरुप १० लाख दिने निर्णय भएको जानकारी दिए ।
शुक्रबार नै गृह मन्त्रालयले सु अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिसकेकाे छ ।
बैठकले तीन डीआईजीहरु पुस्कर काकी, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणको कार्यतालिका पनि स्वीकृत गरेको छ । ओली शनिबार संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण