मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा नेता शर्माले अस्वीकार गरे प्रदेश सचिवको जिम्मेवारी

शुक्रबार, ०५ असोज २०७५, १९ : ५८
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् ।

नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएलगत्तै उनले सो जिम्मेवारी अस्वीकार गरेका हुन् । बैठकको निर्णयलगत्तै शर्माले फेसबुक अकाउन्टमार्फत सचिव पदमा नरहने जानकारी दिएका छन् । 

उनले फेसबुकमा लेखेका छन्– ‘नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु ।’ 

नेता शर्मा रामबहादुर थापा बादलसँगै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी  पूर्वमाओवादी केन्द्रमा प्रवेश फर्किएका नेता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप