शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टोयोटा स्पेशल अफर का १० भाग्यशाली सहभागीको नाम सार्वजानिक

शुक्रबार, ०५ असोज २०७५, १८ : ४९
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं । टोयोटा अटोमोबाइल कम्पनीले आफ्नो स्पेशल अफर को १० भाग्यशाली सहभागीहरु को नाम सार्वजानिक गरेको छ। काठमाडौँ स्थित भृकुटीमण्डमा सम्पन्न भएको नाडा अटो शोमा टोयोटा को सहभागिता रहेको थियो।

जसमा टोयोटाले सिमित अवधिको लागि स्पेसल अफर राखेको थियो जसको बिजयी लक्की ड्रद्वारा घोषणा गरिएको छ । लक्की ड्र को भाग्यशाली बिजयीहरुः बाली टुरको भाग्यशाली बिजेताहरुमा सुष्मा सिला घिसिड्ड, राजु महर्जन, क्वेस्ट इन्ट्रा (सुमित शाह), मञ्जु खाँड र जिसी कन्ट्रक्शन रहेका छन् ।

पोखरा टुरको भाग्यशाली बिजेताहरुमाः मुकेश कुमार यादव, मुना खनाल र बिमल मणि भण्डारी छन् । माउण्टेन फ्लाईटको भाग्यशालि बिजेताहरुः पंकज कुमार शाह र जितेन्द्र जीसी बने ।

युटिएस, नेपालका लागि टोयोटाको एकमात्र आधिकारिक वितरक हो। ग्राहकहरुको चासोलाइ मध्यनजर गर्दै टोयोटाले आगामी दिनहरुमा अझै रोमान्चक  अफरहरु ग्राहकहरु सामु ल्याउने जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप