भक्तपुरबाट चोरीको मोबाइलसहित चारजना पक्राउ
भक्तपुर– मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइलसहित पक्राउ गरेको छ ।
पक्राउपर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ९ खोलाखर्क घर भई हाल कोटेश्वर बस्ने २२ वर्षीय वितेश भण्डारी, सिन्धुपाल्चोक जलबिरे याङ्लाकोटका हाल सानोठिमी बस्ने १८ वर्षीय राजु तामाङ, नुवाकोट त्रिशूली घर भई हाल थिमी बस्ने २२ वर्षीय मनिष बस्नेत, भारत घर भई हाल सल्लाघारी बस्ने १८ वर्षीय अमोद चौधरी छन् ।
दोलखा गौरीशङ्कर गाउँपालिका घर भई हाल मध्यपुर थिमी नगरपालिका– ४ कमेरोटारमा डेरा गरी बस्ने प्रवीण कार्कीको मोबाइल चोरी भएको भन्ने उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा विभिन्न ठाउँमा चोरी गरिएको मोबाइलसहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए ।
यसैगरी भक्तपुर नगरपालिका– २ ब्यासीका ४१ वर्षीय नरेशमान शिल्पकारलाई सरकारी रसिद किर्ते गरेको अभियोगमा पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका– ८ वडा कार्यालयमा मोही जग्गा बाँडफाँड सिफारिसबापतको रसिद र भक्तपुर जिल्ला अदालतको कोर्ट फि बापतको रसिदमा किर्ते गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरी कारवाही अगाडि बढाएको प्रनाउ पोखरेलले जानकारी दिए ।
ललितपुर उपमहानगरपालिका– १० बस्ने सर्वज्ञभक्त मल्लले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत भक्तपुरबाट म्याद थप भएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज