शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

व्यावसायीसँग मिलेन वार्ता : अग्रिम टिकट बुकिङ अझै अन्योलमा

शुक्रबार, ०५ असोज २०७५, १७ : १०
शुक्रबार, ०५ असोज २०७५

काठमाडौँ । यातायात व्यावसायी र सरकारी पक्षबीच शुक्रबार भएको वार्ता बिना निश्कर्ष सकिएको छ ।

व्यावसायी र यातायात व्यवस्था विभागका प्रतिनिधिबीच शुक्रबार भएको वार्ता अर्को दिन पुन बस्ने गरी सकिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार अग्रिम टिकट बुकिङ खुला, सरकारले बन्द गरेको व्यवसायी समितिहरुको खाता खुलाउने र पेट्रोलियम पदार्थको पछिल्लो पटक बढेको मुल्य फिर्ता गर्नुपर्ने लगायतका मागमा छलफल भएपनि सहमति हुन नसकेको हो ।

छलफलमा व्यवसायीहरुले बढाएको पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान राखेका थिए । तर, सरकारी पक्षले मूल्य घटाउन नसक्ने जवाफ दिएका थिए । 

सरकारले समितिको खाता नखोल्दा विरामीहरुको उपचार गर्न नसकेको उनीहरुको भनाइ छ । त्यस्तै पछिल्लो समय आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मुल्य फिर्ता लिनुपर्ने पनि व्यवसायीहरुको माग छ । 

यसअघिका समितिहरुका छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्धहरुले अग्रिम टिकट बुकिङ खुल्ला नगरेपनि कम्पनीमा आवद्ध भएका यातायात कम्पनीहरुले भने शुक्रबारबाटै दशैंका लागि अग्रिम टिकट विक्री सुरु गरिसकेका छन् । 

यो पनि पढौंः 

सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप