शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियामा विषाक्त मदिराले मर्ने नेपालीको संख्या ७ पुग्यो

शुक्रबार, ०५ असोज २०७५, १६ : ५८
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली कामदारको संख्या ७ पुगेको छ । मलेसियास्थित नेपाली दुतावासले शुक्रबार जनाएअनुसार मदिरा सेवनबाट मृत्यु हुनेको संख्या सात पुगेको हो ।

दुतावासका अनुसार १२ जना उपचाररत रहेको र ५ जना उपचारपछि डिस्चार्ज भएका छन् । 

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले सर्लाही र दुर्गासिंह राना नवलपरासी रहेका छन् ।

दुर्गा सिंह रानाको आज मृत्यु भएको हो ।

अस्पतालमा उपचाररत अन्य बिरामीको विवरण यस्तो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप