शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका प्रदेश इन्चार्ज : केपी र माधवका बराबरी, पूर्व माओवादीका एकमात्रै !

शुक्रबार, ०५ असोज २०७५, १६ : ४७
शुक्रबार, ०५ असोज २०७५

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले पार्टी एकता गरेको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको छ । शुक्रबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व टुङग्याएको हो ।

नेकपाले प्रदेशको नेतृत्व भागवण्डाका आधारमा गरेको छ । जसमा सात प्रदेशमध्ये ३ प्रदेशको इन्चार्ज केपी ओली समुहले पाएको छ भने तीन प्रदेशको माधव नेपाल समुहले पाएको छ । 

तत्कालिन एमालेबाट ६ वटा प्रदेशको नेतृत्व पाउदा तत्कालिन माओवादी केन्द्रले भने एक प्रदेशको नेतृत्व मात्रै पाएको छ । 

केपी ओली समुहले प्रदेश २, ४ र ५ को नेतृत्व पाएको छ । यी प्रदेशमा क्रमशः सत्यनारायण मण्डल, पृथ्वी सुव्वा गुरुङ र शंकर पोखरेल इन्चार्ज भएका छन् । यी तिनै नेता ओली खेमाका हुन् । त्यसैगरी प्रदेश १, ३ र ७ मा माधव नेपाल समुहले जिम्मेवारी पाएको छ । यी प्रदेशमा क्रमशः नेपाल समुहका भीम आचार्य, अष्टलक्ष्मी शाक्य र भीम रावलले प्रदेश इन्चार्ज पाएका छन् । 

प्रदेश ६ अर्थात कर्णली प्रदेशको नेतृत्व भने तत्कालिन माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले पाएका छन् । 

को कसको समुहबाट ?

प्रदेश –१ 
प्रदेश १ इन्चार्जः भीम आचार्य (माधव नेपाल समुह)
अध्यक्षः देवराज घिमिरे (केपी ओेली समुह) 
सहइन्चार्जः साबित्रीकुमार काफ्ले (तत्कालिन माओवादी केन्द्र)
सचिवः सुरेश बहादुर राई (तत्कालिन माओवादी केन्द्र)

प्रदेश–२
इन्चार्जः सत्यनारायण मण्डल (केपी ओेली समुह)
अध्यक्षः प्रभू साह (तत्कालिन माओवादी केन्द्र)
सहइन्चार्जः विश्वनाथ साह (तत्कालिन माओवादी केन्द्र)
सचिवः सुमन प्याकुरेल (केपी ओेली समुह)

प्रदेश–३
इन्चार्जः अष्टलक्ष्मी शाक्य (माधव नेपाल समुह)
अध्यक्षः हितमान शाक्य (तत्कालिन माओवादी केन्द्र)
सहइन्चार्जः नारायण दाहाल (तत्कालिन माओवादी केन्द्र)
सचिवः आनन्द पोख्रेल (केपी ओेली समुह)

गण्डकी प्रदेश (४)
इन्चार्जः पृथ्वी सुब्बा गुरुङ (केपी ओेली समुह)
अध्यक्षः हितराज पाण्डे (तत्कालिन माओवादी केन्द्र)
सहइन्चार्जः खगराज अधिकारी (केपी ओेली समुह)
सचिवः गोविन्द नेपाली (केपी ओेली समुह)

प्रदेश–५
इन्चार्जः शंकर पोख्रेल (केपी ओेली समुह)
अध्यक्षः ओनसरी घर्ती (तत्कालिन माओवादी केन्द्र)
सहइन्चार्जः दलबहादुर राना (माधव नेपाल समुह)
सचिवः जगप्रसाद शर्मा (तत्कालिन माओवादी केन्द्र)

कर्णाली प्रदेश (६)
इन्चार्जः जनार्दन शर्मा (तत्कालिन माओवादी केन्द्र)
अध्यक्षः गोरखबहादुर बोगटी (केपी ओेली समुह)
सहइन्चार्जः यमलाल कंडेल (केपी ओेली समुह)
सचिवः मयाप्रसाद शर्मा (तत्कालिन माओवादी केन्द्र)

प्रदेश– ७
इन्चार्जः भीम रावल (माधव नेपाल समुह)
अध्यक्षः कर्ण थापा (केपी ओेली समुह)
सहइन्चार्जः लक्ष्मणदत्त जोशी (तत्कालिन माओवादी केन्द्र)
सचिवः नेप चौधरी (केपी ओेली समुह)

प्रदेश इन्चार्जमा केपी र माधव समुहले बराबरी जस्तै भागबण्डाका आधारमा चयन गरेपनि सहइन्चार्ज, अध्यक्ष र सचिवमा भने केपी ओली समुहकै बाहुल्यता रहेको छ । सात प्रदेशका २८ पदाधिकारीमध्ये तत्कालिन माओवादी केन्द्रका १२, केपी ओली समुहका १२ र माधव नेपाल समुहका तीन ४ जनामात्रै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप