शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आइडललाई भोटिङ गर्न अब ‘रेस्पेक्ट एण्ड राइज’ एप

सोमबार, ०८ असोज २०७५, १५ : ००
सोमबार, ०८ असोज २०७५

काठमाडौं– नेपाल आइडललाई भोटिङ गर्न अब ‘रेस्पेक्ट एण्ड राइज’ एप निर्माण गरिएको छ । रेस्पेक्ट इन्क नेपाल प्राइभेट लिमिटेडको सोसियल नेटवर्किङ एप ‘रेस्पेक्ट एण्ड राइज’ बाट नेपालकै पहिलो सिङ्गिङ रियालिटी सो नेपाल आइडल सिजन २ का प्रतियोगिलाई भोटिङ गर्न सकिने भएको हो । 

रेस्पेक्ट इन्क नेपाल ‘नेपाल आईडल सिजन २’ को अनलाईन भोटिङ पार्टनर हो । रेस्पेक्ट नेपालसँग नेपाल आईडलले यसअघि प्रत्यक्ष प्रसारण गर्न र भोटिङ गर्न सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार दर्शकले अब उक्त एपबाट भोटिङ गर्न सक्नेछन् । 

नेपाली युवाहरुले विकास गरेको यो सोसियल नेटवर्किङ एप (रेस्पेक्ट एण्ड राइज)बाट नेपाल आईडलसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु प्राप्त गर्न सकिने रेस्पेक्ट नेपालका सुशील जोशीले बताए । सम्भवतः नेपालकै पहिलो सोसियल नेटवर्किङ एप ‘रेस्पेक्ट एण्ड राइज’ मा नेपाल आईडल सिजन–२ को प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

त्यसैगरी नेपाल आईडलका प्रतियोगीहरुका विभिन्न गतिविधिहरु पनि (फोटो, भिडियो) उक्त एपमा समावेश छन् । नेपाल आईडलमा भोटिङ गर्न ‘रेस्पेक्ट एण्ड राइज’ एप डाउनलोड गरी एपको भोटिङ बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

बटन क्लिक गरेलगत्तै त्यहाँ नेपाल आईडलका प्रतिस्पर्धीहरुको सूचि देखिनेछ, जसमा आफूलाई मनपर्ने प्रतियोगीलाई ‘निःशुल्क’ भोटिङ गर्न सकिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप