शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लाभांश वितरण गर्न धमाधम साधारणसभा, कुन वित्तीय संस्थाले कति दिँदैछन् सेयरधनीलाई लाभांश ?

शुक्रबार, ०५ असोज २०७५, १६ : २०
शुक्रबार, ०५ असोज २०७५

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई धमाधम लाभांश दिने घोषणा गर्न थालेका छन् । 

कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई २ करोड ५३ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रदान गर्ने भएको छ । यो कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत हो ।

कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले यो बोनस सेयर दिने निर्णय गरेको हो । साथै, आफ्ना सेयरधनीलाई ३ करोड १८ लाख १४ हजार ७ सय ५० रुपैयाँ बराबरको नगद लाभांश समेत दिने निर्णय गरेको छ । बैंकले ६.९ प्रतिशत नगद लाभांश दिन लागेको हो । यो बोनस सेयर र नगद लाभांश भने कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि मात्र वित्तरण हुनेछ । 

यता नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले पनि आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नेशनलको असोज ४ गते बसेको बैठकले यो निर्णय गरेको हो । 

यस्तै महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गराउन असोज २६ गतेलाई साधारणसभा बोलाएको छ । बैंकले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

यता गरिमा विकास बैंकले पनि १३.७५ प्रतिशत लाभांश प्रस्ताव पारित गराउँन असोज  २६ गतेलाई साधारणसभा बोलाएको छ । बैंकले अहिले कायम रहेको चुक्तापुँजीबाट १० प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ । 

यी सबैले साधारण सभाबाट पारित गराएपछि मात्र सेयरधनीलाई लाभांश वित्तरण गर्नेछ । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप