बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक अनियमिता हुन नदिन सरकारमाथि कडा निरगानी राख्ने लेखा समितिको योजना

शुक्रबार, ०५ असोज २०७५, १६ : ०७
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको सभापतिमा भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् । सार्वजनिक लेखा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सभापतिमा भरतकुमार शाहलाई निर्विरोध चयन गरेको हो । 

एक जनाको मात्रै उम्मेदवारी परेकाले शाह सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य सरदसिंह भण्डारीले जानकारी दिए । यसैबीच, नवनिर्वाचित सभापति शाहले मुलुकमा बढ्दो बेरुजु घटाउने कामलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।

उनले समितिको क्षेत्राधिकार भित्र रहेर मुलुकमा आर्थिक अनियमिता हुन नदिन सरकारमाथि कडा निरगानी राख्ने योजना पनि सार्वजनिक गरे । सार्वजनिक लेखा समितिका नवनिर्वाचित सभापति शाह प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेसका सांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप