बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

केवल र रियाको प्रेमकथामा ‘मेरो आफ्नो’ बन्ने

शुक्रबार, ०५ असोज २०७५, १४ : ४१
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं – ‘मेरो आफ्नो’ नामबाट पनि चलचित्र बन्ने भएको छ । ओमसाईभक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुति यो चलचित्र बन्न लागेको हो ।  चलचित्रको शुक्रबार बिहान राजधानीको भद्रकाली मन्दिरमा पुजा गरेर शुभसाइत गरिएको छ । बसन्त शर्मा, मात्रिका बजिमयले निर्माण गर्न लागेको चलचित्र राजु अधिकारीले निर्देशन गर्न लागेका हुन् । 

आइतबार अर्थात ७ असोजबाट छायाँकन सुरु हुने चलचित्र चितवन र मनाङ्गमा खिचिनेछ । चलचित्रमा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजको साथमा केवल जंग कुँवरको समेत अभिनय रहनेछ । कुँवरले यसै चलचित्रबाट हिरोको रुपमा डेब्यु गर्न लागेका हुन् । मौनता श्रेष्ठको लेखन, हिमाल केसीको एक्सन र पवन गौतमको छायाँकन चलचित्रमा रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप