शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र ‘निर्जला’ले ल्यायो दशै गत ‘यसपालीको दशैं...’

शुक्रबार, ०५ असोज २०७५, १४ : ३७
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– राजु गिरीको निर्देशन रहेको चलचित्र ‘निर्जला’को दशैं गीत रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ‘यसपालीको दशैं...’ बोलको गीत रिलिज गरेको हो । 

नेपालीहरुको महानपर्व दशैंलाई लक्षित गरेर सार्वजनिक गरिएको गीतमा बाबुल गिरी र सुजता बर्माको स्वर सुन्न सकिन्छ । 

गायक गिरी स्वयमको संगीत रहेको गीतको शब्द दिनेश सुवेदीले लेखेका हुन् । गीतमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा  देखिएका छन् ।  चलचित्रको यस अगाडि आएको ‘भाले मोटर’ गीत झैं यसलाई पनि दर्शकले रुचाउनेमा निर्माण टिमको विश्वस्त छ । 

प्रकाशचन्द्र न्यौपाने निर्मित रहेको चलचित्र १९ असोजबाट देशभर प्रदर्शनमा आउँदैछ ।  श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायतको समेत अभिनय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप