शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो साता साढे २ अर्बभन्दा बढीको सेयर कारोबार

शुक्रबार, ०५ असोज २०७५, १४ : २६
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– यस साता (भदौ २९ गतेदेखि असोज ४ गतेसम्म)  सेयर बजारमा  दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गत साता दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । यस साता १८९ कम्पनीको सेयर कारोबार भएको छ । गत साता १८६ कम्पनीको कारोबार भएको थियो । 

यस साता कारोबार रकम (१९ करोड ९० लाख ५० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ५३ हजार कित्ता) र कारोबार संख्या (१४५७ वटा) को आधारमा पनि एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप