शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

उद्योग समितिको सभापतिमा श्रीवास्तव निर्विरोध निर्वाचित

शुक्रबार, ०५ असोज २०७५, १४ : १८
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।  समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले एक मात्रै उम्मेदवारी परेपछि श्रीवास्तव सभापतिमा निर्विरोध निर्वाचित घोषणा भएका हुन् ।

श्रीवास्तव सभापतिमा निर्विरोध निर्वाचित भएको समितिका जेष्ठ सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए । नवनिर्वाचित समितिका सभापति श्रीवास्तवले जनहितको पक्षमा काम गर्न सरकारलाई आवश्यक सुझाव दिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

उनले चाडपर्वका बेला आएकाले बजार अनुगमनको कामलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने योजना पनि सार्वजनिक गरे । समितिका नवनिर्वाचित सभापति श्रीवास्तव सत्तारुढ संघीय समाजवादी फोरम, नेपालका सांसद हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप