बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

उपराष्ट्रपति –सिपिसी सिचुवान प्रान्त सचिवबीच शिष्टाचार भेट

शुक्रबार, ०५ असोज २०७५, १४ : १४
शुक्रबार, ०५ असोज २०७५

छेन्दु– चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपतिसँग सिपिसीका सिचुवान प्रान्त सचिवले स्थानीय समय अनुसार आज (शुक्रबार) बिहान ९ बजे शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताए । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमिलाई चीन विरोधी गतिविधि हुन नदिने बताए ।

भेटमा सिपिसीका सिचुवान प्रान्तका सचिव पेङले चीन नेपाल सम्बद्ध विशिष्ट प्रकारको रहेको भन्दै उपराष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको बताए । उनले दुई देशबीचको सम्बन्ध विस्तारमा खेलिरहेको भूमिकाका लागि उपराष्ट्रपतिलाई धन्यवाद दिए ।

भेटमा उपराष्ट्रपतिसँग चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, उपराष्ट्रपति कार्यालयका सचिव रामप्रसाद आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत रहेका थिए । सिचुवान प्रान्तको तर्फबाट सचिव सहित गभर्नर, उपगभर्नरहरु सहभागी थिए । 

उपराष्ट्रपति पुनसँग शुक्रबार नै सिपिसीका यिपिन नगर सेक्रेटरी लिउ झोङपोले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति शुक्रबारनै यिपिन नगरको भ्रमणका लागि छेन्दुबाट त्यसतर्फ प्रस्थान गरेको उपराष्ट्रपतिका प्रेश संयोजक मनोज घर्ती मगरले जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप