बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल म्यानमारसँग भिड्ने

शुक्रबार, ०५ असोज २०७५, १४ : ०९
शुक्रबार, ०५ असोज २०७५

काठमाडौँ– एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज म्यानमारसँग भिड्ने भएको छ ।  हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा नेपाल र म्यानमाबीचको खेल दिउँसो ३ः३० बजे हुनेछ । 

समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपालले दोस्रो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई म्यानमारविरुद्धको आजको खेल जित्नै पर्ने दबाब छ । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । 

समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपमा सहभागिता जनाउनेछ । सोही मैदानमा अहिले मलेसिया र फिलिपिन्सबीचको खेल जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप