खुर्सिद हत्या छानविन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन
काडमाडौं– गृह मन्त्रालयले तत्कालिन बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको हत्याको छानवीन गर्न बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
समितिको संयोजक प्रदेश नम्बर १ का बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर दाहाल रहेका छन् भने सदस्यहरुमा सशस्त्र प्रहरी उपरीक्षक रमेसकुमार थम्सु, उपअनुसन्धान निर्देशक तुलसी प्रसाई,
प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रविन्द्र आचार्य रहेका छन् । त्यस्तै समितिको सदस्य सचिवमा सुनसरी जिल्ला प्रशासन कार्यालयका राजन पाण्डे तोकिएका छन् ।
समितिलाई १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । त्यस्तै गृहमन्त्रालयले खुर्सिदको परिवारलाई काठमाडौँमा गृहमन्त्रीसँग उपयुक्त समयमा भेटघाट गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । साथै गृहमन्त्रालयले घटनाको छानविन गर्न सिआइवीका २ टोली समेत खटाएको जनाएको छ ।
खुर्सिदको बिहीबार अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । उनी तत्कालिन नेकपा एमाले सुनसरी जिल्ला सल्लाहकार परिषदका सदस्य तथा रैयाव बोर्डिङ स्कुलका सञ्चालक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
-
गम्भीर रोगबाट बच्ने अचूक उपाय : भान्सामा दैनिक समावेश गर्नुहोस् यी १३ खानेकुरा
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण