शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खुर्सिद हत्या छानविन गर्न एसएसपीको संयोजकत्वमा समिति गठन

शुक्रबार, ०५ असोज २०७५, १३ : ४८
शुक्रबार, ०५ असोज २०७५

काडमाडौं– गृह मन्त्रालयले तत्कालिन बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको हत्याको छानवीन गर्न बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानविन समिति गठन गरेको छ । 

समितिको संयोजक प्रदेश नम्बर १ का बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) किशोर दाहाल रहेका छन् भने सदस्यहरुमा सशस्त्र प्रहरी उपरीक्षक रमेसकुमार थम्सु, उपअनुसन्धान निर्देशक तुलसी प्रसाई, 

प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रविन्द्र आचार्य रहेका छन् । त्यस्तै समितिको सदस्य सचिवमा सुनसरी जिल्ला प्रशासन कार्यालयका राजन पाण्डे तोकिएका छन् ।

समितिलाई १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । त्यस्तै गृहमन्त्रालयले खुर्सिदको परिवारलाई काठमाडौँमा गृहमन्त्रीसँग उपयुक्त समयमा भेटघाट गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । साथै गृहमन्त्रालयले घटनाको छानविन गर्न सिआइवीका २ टोली समेत खटाएको जनाएको छ । 

खुर्सिदको बिहीबार अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । उनी  तत्कालिन नेकपा एमाले सुनसरी जिल्ला सल्लाहकार परिषदका सदस्य तथा रैयाव बोर्डिङ स्कुलका सञ्चालक रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप