सडक बन्द नगर्न मेलम्ची आयोजनासँग माग
काठमाडौँ– राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् ।
सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत जाने मोटरबाटो बन्द गरी आयोजनाले अधिग्रहण गरेको जग्गाका छेउबाट नयाँ सडक खोल्ने योजना अघि सारेको स्थानीय सुशील सिम्खडाले बताए ।
अहिलेको सडक आयोजनाले अधिग्रहण गरेको जग्गाको बीचमा पर्छ । त्यो सडक पानी प्रशोधन केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण गर्नुअघि नै बनिसकेको थियो । सडक बन्द गरे पर्यटकीय केन्द्र चिसापानी हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत स्थानमा जाने पर्यटक पनि प्रभावित हुनेछन् ।
मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोकको मेलम्ची खोलालगायत थप तीन खोलाको पानी सुरुङ मार्गबाट काठमाडौँको सुन्दरीजलस्थित महाँकालमा ल्याई पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरण गर्ने बाटो बन्द गर्न लागेको हो ।
गोकर्णेश्वर नगरपालिका–१ महाँकालका नागरिकसमेत मेलम्ची खानेपानी आयोजनाबाट प्रत्यक्ष प्रभावित छन् । आयोजनाले समस्याको सुक्ष्म अध्ययन गरी समाधान गर्न अनुरोध गरिएको उनले बताए । ‘सुन्दरीजललाई आयोजना प्रभावितको सूचीमा समेत समावेश नगरी मेलम्ची खानेपानी आयोजनाले परापूर्वदेखि नागरिकले प्रयोग गरिरहेको प्रचलित र सहज बाटो बन्द गर्ने कार्यक्रम स्थगित गर्न माग गरेका छौँ,’ उनले भने ।
वार्ता गरी समस्याको समाधान गर्न स्थानीयवासीले आयोजनासँग माग गरेका छन् । आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल सडकको दुवैतिर पानी प्रशोधन केन्द्र बन्ने भएकाले छेउबाट घुमाएर लैजान खोजिएको बताउँछन् ।
पहिल्यै खुलेको सडक आयोजनाले स्तरोन्नति गरेको थियो । प्रशोधन केन्द्र निर्माणका लागि सुन्दरीजलमा २०० रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
यहाँ मेलम्ची, याङ्री र लार्के गरी तीनै खोलाको पानी ल्याई प्रशोधन गर्ने केन्द्र निर्माण हुनेछ । मेलम्चीको आठ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र सम्पन्न भइसकेको छ । आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता आवश्यक : उपाध्यक्ष पाण्डे
-
गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा
-
तीन कारण देखाउँदै रास्वपाले गर्यो बागमती प्रदेश अधिवेशन अस्थायी स्थगन
-
विभिन्न मागसहित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको धर्ना (तस्बिरहरू)
-
विश्वकप २०२६ को उद्घाटन समारोह : कहिले हुन्छ सुरु, को-को गर्दैछन् प्रस्तुति ?
-
संस्थापनले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : डा.शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण