भारतको बहराइचस्थित अस्पतालमा डेढ महिनामै ७१ बालबालिकाको मृत्यु
शुक्रबार, ०५ असोज २०७५, १३ : २६
बहराइच– भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ ।
अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, ‘ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् र विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो ।’
सीमित स्रोतसाधनका कारण अस्पतालले ठूलो समस्या झेल्नु परेको पनि उनले बताए । ‘हामीसँग अहिले २०० शैया छ, तर ४५० भन्दा बढी बिरामी अहिल्यै भर्ना भएका छन् । कार्यबोझ धेरै ठूलो छ । हामीले जतिसक्दो प्रयत्न गरेका छौं ।’
गत वर्ष पनि बहराइच नजिकको बाबा राघव दास (बीआरडी) मेडिकल कलेजमा ६० जनाभन्दा बढी शिशुको उपचारकै क्रममा मृत्यु भएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण