नबिल बैंकबाट ‘यात्रा स्वास्थ्य बीमा सेवा’ लिन सकिने
काठमाडौं । नबिल बैंकले बैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै आफ्ना नियमित सेवाहरुका साथ बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना तुरुन्त जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिसा इन्टरनेशनल प्रीपेड कार्ड, बैंक ड्राफ्ट र बिदेशी मुद्रा सटही जस्ता सेवाहरुका लागी ग्राहकहरुलाई बैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउनेछ ।
यो पूर्णत नबिन अवधारणालाई नबिल बैंकले सर्बप्रथम नेपाली बजारमा ल्याएको हो । यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसंग साझेदारी गरेको छ । अब नबिल बैंकबाट सेवा लिन आउने ग्राहकहरुले बिना झन्झट बैंकका काउन्टरहरुबाट बैदेशिक यात्रा (ट्राभल) स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्नेछन् ।
बिदेश यात्रा गर्ने यात्रीहरुलाई स्वास्थ्य बीमा निकै नै उपयोगी हुनेछ किनकी यसले अचानक र अनपेक्षित बिरामी, बिदेश बसाइको क्रममा हुने दुर्घटना र जांच गरि हराएका ब्यागेजरराहधानी, यात्रामा ढिलाई, अपहरण जस्ता घटनाहरुबाट हुने क्षतीको भरण गर्दछ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहल भने,‘मलाई विश्वाश छ कि ट्राभल बीमा सेवाको हाम्रा बैंकका सेवाहरु संग समायोजनबाट ग्राहकहरुको सम्पूर्ण यात्रा आवश्यकतालाई एकद्वार प्रणलीबाट समाधान दिन सम्म हुनेछौ ।
साथै यसले बिदेश यात्रा गर्ने ब्यक्तीहरुलाई सुरक्षित र सुबिधाजनक यात्राको लागि बीमाको महत्वबारे सजग गराउन पनि मदत गर्नेछ । बैंकिङ सेवाका साथ बिदेश यात्राको लागि ग्राहकहरुका सुबिधामा कटिबद्ध हुदै आएका हामी, अब बीमा सेवाको साथमा हाम्रा ग्राहकको सुरक्षामा पनि कटिबद्ध हुनेछौ । यो सेवाको लागि हामी प्रभु इन्सुरेन्स लिमिटेडसंग सहकार्य गर्न पाउदा ज्यादै हर्सित छौ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोल्हवी नगरपालिकाको अनुदान कटौती भएपछि कैयौँ योजना अलपत्र
-
बजेट ल्याएको आधा महिना बित्दा पनि रातो किताब आएन
-
त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ
-
पाकिस्तानमा वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण