बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

यातायात व्यवसायी र सरकारबीच वार्ता हुँदै, होला त सहमति ?

शुक्रबार, ०५ असोज २०७५, १३ : ०८
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं– यातायात व्यवसायी समितिको बन्द खाता खुलाउने विषयमा सरकारी पक्ष र व्यवसायीबीच आज निर्णायक वार्ता हुने भएको छ । 

व्यवसायी र यातायात व्यवस्था विभागका प्रतिनिधिबीच शुक्रबार दिउँसो २ बजे बार्ता हुन लागेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार अग्रिम टिकट बुकिङ खुला, सरकारले बन्द गरेको व्यवसायी समितिहरुको खाता खुलाउने र पेट्रोलियम पदार्थको पछिल्लो पटक बढेको मूल्य फिर्ता गर्नुपर्ने लगायतका मागमा छलफल हुनेछ । 

व्यवसायीहरुले बिना शर्त बन्द खाता खोल्नुपर्ने माग राख्दै गत भदौ ३१ गते सरकारलाई चेतावनी दिएका थिए । 

सरकारले समितिको खाता नखोल्दा विरामीहरुको उपचार गर्न नसकेको उनीहरुको भनाइ छ । 

त्यस्तै पछिल्लो समय आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिनुपर्ने पनि व्यवसायीहरुको माग छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप