सिटी एक्सप्रेस मनी ट्रान्सफर र सिगे मनी ट्रान्सफर अमेरिकाबीच सम्झौता
काठमाडौं । अमेरिकाको १५,००० भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।
यो सेवा सुरु भएपछि अमेरिकामा रहेको कुनैपनि नेपालीहरुले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफर मार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने जानकारी सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले दिए ।
यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरबाट चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरे ।
सिगेका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधिमार्फत सहकार्य गर्दै जाने बताए ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउँदै बिगत १२ बर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ६००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण