कर्णाली राजमार्गमा जिप दुर्घटना, ९ जना घाइते
शुक्रबार, ०५ असोज २०७५, १२ : ५३
दुल्लु– कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते भएका छन् । बुलबुले यातायात प्रालिको भे१ज ९७९ नम्बरको जिप दैलेखको आठबिस नगरपालिका–१ डावमा दुर्घटना भएको हो ।
आज बिहान २ः३० बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । दुर्घटनामा घाइते नौ जनाको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिप सडकदेखि करीब ६० मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ