लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल
लिस्बन– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् ।
नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गरे ।
‘मुलुकको परिवर्तन र जनताको न्यायका लागि पञ्चायतकालमा म १४ वर्ष जेल बसेँ, धेरै राजनीतिक सङ्घर्ष गरेँ, नेता पौडेलले भन्नुभयो’, ‘राजनीतिक सङ्घर्ष सत्ता प्राप्तिका लागि नभएर नेपाली जनताको न्याय, देशको उन्नति र समृद्धिका लागि हो ।’
मुलुकको परिवर्तनमा बिपीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै नेता पौडेलले निमुखालाई न्याय र विपन्नलाई आय नै बिपीको असली समाजवाद भएको विचार व्यक्त गरे । देशमा संविधान र सङ्घीयता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै नेता पौडेलले एकल जातीय आधारमा सङ्घीय राज्य बन्न नसक्ने धारणा राखे ।
चुनावमा पार्टीले भोग्नुपरेको पराजयको समीक्षा हुनुपर्ने धारणा राख्दै उनले चुनावमा काङ्ग्रेसले हारे पनि सिद्धान्तको विजय भएको बताए। उनले पार्टी नेतृत्वबाट भएका त्रुटि सुधार गरेर पार्टीभित्र देखिएका गुटउपगुट, विकृति र विसङ्गतिको अन्त्य गरी पार्टीलाई सुधार गर्नुपर्ने खाँचो औंल्याए।
एक पटकको नेपाली सधैँको नेपाली भएको भन्दै नेता पौडेलले नेपालमा लगानीको अवसर र वातावरण बनेकाले विदेशमा सिकेको ज्ञान, सीप, कला र पूँजी लिएर स्वदेश फर्कन प्रवासी नेपालीलाई आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण