पेट्रोल पम्पमा लाइन, आयल निगम भन्छ – ‘नअत्तालिनुहोस्, अझै ६ दिनलाई पुग्ने स्टक छ’
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौ लगायत कुनैपनि स्थानमा पेट्रोलियम पदार्थ अभाव नभएको र हुन नदिने दाबी गरेको छ ।
निगमले केही पेट्रोल पम्पहरुमा उपभोक्ताहरु आत्तिएर लाइनमा बसेको भन्दै नअत्तालिन आग्रह गरेको छ ।
आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले निगमले शुक्रबारमात्रै काठमाडौँमा साढे ६ लाख लिटर पेट्रोलियम पदार्थ बजारमा पठाएको बताए ।
उनले अन्य दिनमा पनि साढे ५ लाखदेखि ६ लाख लिटरसम्म पेट्रोलियम पदार्थ बजारमा जाने भएकाले त्यसको अनुपातमा अहिले पनि वितरण भइरहेको बताए । निगमले अझै दिनलाई पुग्ने पेट्रोलियम पदार्थ स्टक रहेको समेत जानकारी दिएको छ ।
आयल निगमले यस्तो दाबी गरेपनि उपत्यकाका अधिकांश पेट्रोलपम्पमा सवारीसाधनको लाइन लागेको छ । उपभोक्ताले भने पम्पहरुले पर्याप्त पेट्रोलियम पदार्थ नदिएको बताएका छन् ।
यसैबीच निगमले अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ लोड भएका ट्याङकरहरु शुक्रबारबाट भित्रन थालेका छन् । ‘स्थानीय प्रशासन र टयाङकर चालकहरुबीच बार्ता र छलफल भएपछि अमलेखगञ्ज र भैरहवा डिपोमा भित्रिन थालेको खवर आएको छ’ निगमका सहप्रवक्ता विनित उपाध्यायाले रातोपाटीलाई बताए । उनका अनुसार विराटनगरमा पनि स्थानीय स्तरमा वार्ता भइरहेको छ ।
गत मंगलबारदेखि सार्वजनिक यातायातका चालकहरुले नयाँ मुलुकी संहितामा तोकिएका कतिपय सजायसँग सम्बन्धित व्यवस्थाको विरोध गर्दै गाडी नचलाउनुका साथै चलाउनेलाई समेत कारवाही गर्ने धम्की दिएपछि ट्याङ्कर चालकहरुले पनि ढुवानी गरेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण