शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोल पम्पमा लाइन, आयल निगम भन्छ – ‘नअत्तालिनुहोस्, अझै ६ दिनलाई पुग्ने स्टक छ’

शुक्रबार, ०५ असोज २०७५, १२ : ३४
शुक्रबार, ०५ असोज २०७५

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौ लगायत कुनैपनि स्थानमा पेट्रोलियम पदार्थ अभाव नभएको र हुन नदिने दाबी गरेको छ । 

निगमले केही पेट्रोल पम्पहरुमा उपभोक्ताहरु आत्तिएर लाइनमा बसेको भन्दै नअत्तालिन आग्रह गरेको छ ।

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले निगमले शुक्रबारमात्रै काठमाडौँमा साढे ६ लाख लिटर पेट्रोलियम पदार्थ बजारमा पठाएको बताए । 

उनले अन्य दिनमा पनि साढे ५ लाखदेखि ६ लाख लिटरसम्म पेट्रोलियम पदार्थ बजारमा जाने भएकाले त्यसको अनुपातमा अहिले पनि वितरण भइरहेको बताए । निगमले अझै दिनलाई पुग्ने पेट्रोलियम पदार्थ स्टक रहेको समेत जानकारी दिएको छ । 

आयल निगमले यस्तो दाबी गरेपनि उपत्यकाका अधिकांश पेट्रोलपम्पमा सवारीसाधनको लाइन लागेको छ । उपभोक्ताले भने पम्पहरुले पर्याप्त पेट्रोलियम पदार्थ नदिएको बताएका छन् ।

यसैबीच निगमले अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ लोड भएका ट्याङकरहरु शुक्रबारबाट भित्रन थालेका छन् । ‘स्थानीय प्रशासन र टयाङकर चालकहरुबीच बार्ता र छलफल भएपछि अमलेखगञ्ज र भैरहवा डिपोमा भित्रिन थालेको खवर आएको छ’ निगमका सहप्रवक्ता विनित उपाध्यायाले रातोपाटीलाई बताए । उनका अनुसार विराटनगरमा पनि स्थानीय स्तरमा वार्ता भइरहेको छ । 

गत मंगलबारदेखि सार्वजनिक यातायातका चालकहरुले नयाँ मुलुकी संहितामा तोकिएका कतिपय सजायसँग सम्बन्धित व्यवस्थाको विरोध गर्दै गाडी नचलाउनुका साथै चलाउनेलाई समेत कारवाही गर्ने धम्की दिएपछि ट्याङ्कर चालकहरुले पनि ढुवानी गरेका थिएनन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप