मानसिक रोगीलाई निर्घात कुट्ने प्रहरीमाथि कारवाही हुने
काठमाडौं– काठमाडौमा केही दिनअघि एक मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कानुनी कारवाही गर्ने भएको छ ।
काठमाडौको नयाँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि निर्घात कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
घटनापछि प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा आएको उक्त भिडियो प्रहरी कार्यालयले संज्ञानमा लिएर संलग्न प्रहरी कर्मचारीमाथि कानुनी कारवाही सुरु गरिसकिएको जनाएको छ ।

गत सोमबार एक फेन्सी पसल अगाडि बसेका उनलाई स्थानीयले हटाउन खोज्दा पसले र मानसिक रोगीबीच विवाद भएको थियो । स्थानीयले उनलाई हटाउन खोज्दै गर्दा आइपुगेका एक प्रहरीले उल्टै ती व्यक्तिलाई लाठी र बुटले निर्घात कुटपीट गरेका थिए ।
उक्त भिडियो लेखक दिलनिशानी मगरले खिचेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण