'विवादास्पद' कंसाकारलाई निगमबाट हटाउन कर्मचारीकै लबिङ
काठमाडौं–नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारलाई निगमबाट हटाउन निगमभित्रै कर्मचारीले लबिङ थालेका छन् ।
कंसाकारको विवादास्पद छवि र पछिल्लो सयम उनले गरेका निर्णयले निगम थप धराशयी बनेको भन्दै उनीहरुले हटाउन लबिङ थालेका हुन् ।
एक अधिकारीले निगमको कार्यकारी अध्यक्षमा मदन खरेल आइसकेपछि कंसाकार करीब भूमिकाविहीन बनेको अवस्थामा उनले राजीनामा दिनुपर्ने धारणा राखे । विगतमा आफू मातहतका अधिकारी अहिले कार्यकारी अध्यक्ष बनेर आइसक्दा पनि नैतिकता भुल्दै उनी निगममै बसिरहनु रहस्यमय भएको बताए ।
उनले भने, ‘हाम्रो चाहना कंसाकारले राजीनामा दिएर निगमबाट बाहिरिउन् भन्ने हो । यदी पदमा बसिरहनु हुन्छ भने हामीले उहाँलाई कुनैपनि सहयोग गर्दैनौं ।’
स्रोतका अनुसार निगमका उच्च अधिकारीहरु अहिले कंसाकारविरुद्ध एकजुट भएका छन् ।
कंसाकारलाई सरकारले ०७२ जेठमा ४ वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको थियो। उनको कार्यकाल अझैं ८ महिना बाँकी रहेको छ । सो निगमको कार्यकारी अध्यक्ष रहँदा कंसाकार एयरबस खरिद प्रकरण मुछिएका थिए ।
२०६६ सालमा नेपाल वायुसेवा निगमले एउटा न्यारोबडी र अर्को वाइडबडी एयरबस विमान खरीदको लागि कंसाकारले सञ्चालक समितिको निर्णय र आवश्यक रकमको व्यवस्था नहुँदै बैना बैना पठाएपछि छानबिनमा परेका थिए । त्यतिबेला उनीसहित नायव महाप्रबन्धकद्वय राजुबहादुर केसी र गणेश ठाकुर विरुद्ध विशेष अदालतमा मुद्दा चलाइएको थियो ।
मुद्दा प्रक्रियामा रहदै एअरबसले २८ माघ २०६७ मा बैना फिर्ता गरेपछि उनीहरुले सफाई पाएका थिए ।
सोही विवादमा मुछिएपछि २०६८ असार १५ मा उनलाई सरकारले कार्यकारी अध्यक्ष पदबाट समेत हटाएको थियो ।

त्यसपछि ०६९ मंसिरमा खरेल महाप्रबन्धकमा छानिएका थिए। तत्कालीन सरकारले निगमको सञ्चालक समितिको अध्यक्षमा शिवशरण न्यौपानेलाई नियुक्ति गरेपछि महाप्रबन्धक र अध्यक्षबीच असमझदारी बढ्दै गएको थियो।
०७३ मंसिरसम्म कार्यकाल रहेका खरेलले आफ्नै सञ्चालक समितिका अध्यक्ष लगायतबाट काम गर्न नसकिने भएपछि ०७१ चैतमा २९ महिनामै राजीनामा दिएका थिए।
उनको कार्यकालमा दुईटा न्यरोबडी एयरबस ३२० र दुईटा चिनियाँ जहाज भित्र्याइएको थियो। उनी हटेपछि सरकारले ०७२ जेठ मा फेरि कंसाकारलाई नै महाप्रबन्धकमा नियुक्त गरेको थियो। निगममा कंसाकारको यो तेस्रो नियुक्ति थियो। हिसिला यमी पर्यटन मन्त्री हुँदा कंसाकार पहिलोपटक निगममा ०६५ कात्तिकमा महाप्रबन्धकमा रुपमा प्रवेश गरेका थिए।
कंसाकारले पछिल्लोपटक नेपाल वायुसेवा निगममा २३ अर्ब ऋणमा दुईटा वाइडबडी विमान ल्याएका छन्।
वाइड बढी जहाज खरिद गर्दा आरएफटी एयर बस ३३०–२०० ल्याउने भनिएपनि एयर बस ३००–२४३ ल्याइएको छ । यसरी गोलमाल ढंगले जहाज ल्याएर चरम आर्थिक घोटाला गरेको आरोप उनीमाथि छ ।
अहिले एकपछि अर्को गर्दै विवादमा तानिएका कंसाकारलाई सरकारले हटाउन चाहेको बताइन्छ ।

तर सिधै हटाउँदा अदालती झमेला पर्ने हुँदा सरकारले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्ति दिएर कंसाकारमाथि दवाव बढाएको हो ।
आफूभन्दा जुनियर खरेल कार्यकारी अध्यक्षमा नियुक्ति हुँदा पनि कंसाकारले राजीनामा नदिई मिलेर कामगर्ने प्रतिक्रिया दिँदै आएका छन् ।
अहिले उनको कामको मूल्यांकनको रिपोर्ट बनाउने जिम्मेवारी निगमकै सञ्चालक समिति सदस्य अच्यूत पहाडीले पाएको बताइन्छ । जुनियर खरेल कार्यकारी अध्यक्ष र अर्का जुनियर पहाडीले आफ्नो कार्य मूल्यांकनको जिम्मा पाउँदा पनि उनी चुपचाप रहनु अनौठो भएको एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।
सरकार र निगमकै कर्मचारीले समेत उनको बहिर्गम चाहिरहेको बेला अब उनी कसरी अघि बढ्छन् त्यो भने आगामी दिन प्रष्ट हुँदै जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण