आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीप्रति गर्भनरको व्यंग्य : राष्ट्र बैंक छोडेर गएकाहरुले सहयोग गरेनन्

शुक्रबार, ०५ असोज २०७५, ११ : ४७
शुक्रबार, ०५ असोज २०७५

काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथली भवन गर्भनर डा. चिरञ्जीवि नेपालले उद्घाटन गरेका छन् । सो भवनका लागि आफूले निकै संघर्ष गर्नुपरेको बताउँदै उनले राष्ट्र बैंक छोडेर गएकाहरुले नै सहयोग नगरेको बताए । 

उनको यो अभिव्यक्ति अर्थमन्त्री डा. युवराज खतिवडाप्रति लक्षित देखिन्थ्यो । खतिवडा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर हुन् । 

गर्भनर नेपालले पुरातत्व विभागका भेष नारायण दाहालले आफुहरुलाई सहयोग गरेको तर राष्ट्र बैंक छाडेर गएकाले आफुलाई सहयोग नगरेको बताए । दाहाल पनि केन्द्रिय बैंकको पूर्व कर्मचारी हुन् । गर्भनरले  भने, ‘राष्ट्र बैंक छोडेर गएका उच्च अधिकारीले असहयोग गरिरहेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त  भएपछि २ अर्ब ५५ करोड २० लाख रुपैयाँ लागतमा थापाथलीमा नयाँँ भवन निर्माण कार्यको शुरु भएको छ । सोही निर्माण कार्यको शिलान्यास आज गर्भनरले गरेका हुन् । 
भवन निर्माणका लागि  विलिल कन्टेक जेभीसँग सम्झौता भएको छ । थापाथली भवन निर्माणका लागि बोलपत्र आव्हान गरिएको थियो । १४ बोलपत्र आएकोमध्ये सबैभन्दा कम लागतमा बनाउन बोलपत्र पेश गरेको बिलिल कन्टेक जेभी छनौट भएको हो । 

सम्झौता अनुसार ३० महिनामा सम्पूर्ण निर्माण कार्य सकिसक्नु पर्नेछ । १८ महिनामा सबै  ब्लकको स्ट्रक्चरको कार्य, २४ महिनाभित्र फिक्चर र फाइल पेन्ट बाहेक फिनिसिङको कार्य गर्नुपर्ने र ३० महिनामा सम्पुर्ण कार्य गरिसक्नुपर्नेछ । सो सम्झौता अनुसार काम गर्न नसकेमा १८ महिना पछि नै जरिवाना लगाउन सकिने प्रावधान छ । 

तीन वटा ब्लक निर्माण हुनेछ  । ब्लक ए मुख्य बैकिङ कार्यालय भवन, ब्लक बि मा क्यान्टिन र हेल्थ क्लब र ब्लकसि मा सेक्युरिटी ब्लक रहेनछ । २ लाख ४२ हजार २ सय ७६. ३५ र्वफिटमा क्षेत्रफलमा ती ब्लकहरु निर्माण हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप