अर्थमन्त्रीप्रति गर्भनरको व्यंग्य : राष्ट्र बैंक छोडेर गएकाहरुले सहयोग गरेनन्
काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथली भवन गर्भनर डा. चिरञ्जीवि नेपालले उद्घाटन गरेका छन् । सो भवनका लागि आफूले निकै संघर्ष गर्नुपरेको बताउँदै उनले राष्ट्र बैंक छोडेर गएकाहरुले नै सहयोग नगरेको बताए ।
उनको यो अभिव्यक्ति अर्थमन्त्री डा. युवराज खतिवडाप्रति लक्षित देखिन्थ्यो । खतिवडा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर हुन् ।
गर्भनर नेपालले पुरातत्व विभागका भेष नारायण दाहालले आफुहरुलाई सहयोग गरेको तर राष्ट्र बैंक छाडेर गएकाले आफुलाई सहयोग नगरेको बताए । दाहाल पनि केन्द्रिय बैंकको पूर्व कर्मचारी हुन् । गर्भनरले भने, ‘राष्ट्र बैंक छोडेर गएका उच्च अधिकारीले असहयोग गरिरहेका छन् ।
भूकम्पबाट क्षतिग्रस्त भएपछि २ अर्ब ५५ करोड २० लाख रुपैयाँ लागतमा थापाथलीमा नयाँँ भवन निर्माण कार्यको शुरु भएको छ । सोही निर्माण कार्यको शिलान्यास आज गर्भनरले गरेका हुन् ।
भवन निर्माणका लागि विलिल कन्टेक जेभीसँग सम्झौता भएको छ । थापाथली भवन निर्माणका लागि बोलपत्र आव्हान गरिएको थियो । १४ बोलपत्र आएकोमध्ये सबैभन्दा कम लागतमा बनाउन बोलपत्र पेश गरेको बिलिल कन्टेक जेभी छनौट भएको हो ।
सम्झौता अनुसार ३० महिनामा सम्पूर्ण निर्माण कार्य सकिसक्नु पर्नेछ । १८ महिनामा सबै ब्लकको स्ट्रक्चरको कार्य, २४ महिनाभित्र फिक्चर र फाइल पेन्ट बाहेक फिनिसिङको कार्य गर्नुपर्ने र ३० महिनामा सम्पुर्ण कार्य गरिसक्नुपर्नेछ । सो सम्झौता अनुसार काम गर्न नसकेमा १८ महिना पछि नै जरिवाना लगाउन सकिने प्रावधान छ ।
तीन वटा ब्लक निर्माण हुनेछ । ब्लक ए मुख्य बैकिङ कार्यालय भवन, ब्लक बि मा क्यान्टिन र हेल्थ क्लब र ब्लकसि मा सेक्युरिटी ब्लक रहेनछ । २ लाख ४२ हजार २ सय ७६. ३५ र्वफिटमा क्षेत्रफलमा ती ब्लकहरु निर्माण हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण