आलम हत्याको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सुनसरीले तत्कालिन नेकपा एमाले जिल्ला सल्लाहकार परिषदका सदस्य तथा रैयाव बोर्डिङ स्कुलका सञ्चालक खुर्सिद आलमको गोली हानी भएको हत्याको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ ।
आलमको हिजो दिउसो भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकलमा आएका अपरिचत व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
आलमलाई स्कुलबाट घरतर्फ गइरहेका वेला गोली हानीएको थियो । नेकपाले घटनाको भत्र्सना गर्दै उच्चस्तरीय छानविन समिति गठन गरी अपराधीलाई यथासक्य छिटो कानुनको दायरामा ल्याउन माग गरेको छ ।
तत्कालिन एमालेका सुनसरी जिल्ला संयोजक रमेसकुमार बस्नेत र तत्कालिन माओवादी केन्द्रका कावा संयोजक योगेन्द्र कुमार मण्डलले संयुक्त विज्ञप्ति जारी गर्दै मृतक आलमका आफन्तलाई उचित क्षतिपुर्ति तथा त्यस क्षेत्रमा आवाश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
साथै नेकपाले उक्त घटनालाई अतिरञ्जीत गरी भड्काउने प्रयास हुन सक्ने भन्दै सवैलाई सचेत रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण