शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : साम्राज्ञी भर्सेस सृष्टि

शुक्रबार, ०५ असोज २०७५, १० : ५१
शुक्रबार, ०५ असोज २०७५

काठमाडौँ । शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् –‘इन्टु मिन्टु लन्डनमा’ र ‘बाँध मायाले’ । यी दुबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । 

प्रेमकथामा निर्माण गरिएको यी दुवै चलचित्र राम्रो बनेको निर्माण युनिटको दाबी रहँदै आएको छ ।

‘इन्टु मिन्टु लन्डनमा’ 
यो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र हो । यसमा उनले नव अभिनेता  धिरज मगरसँग रोमान्स गरेकी छन् । कोरियोग्राफर रेनशा बान्तवा राईको निर्देशन रहेको चलचित्र पुरै लन्डनमा छायाँकन गरिएको हो । रेनेशाको यो डेब्यु चलचित्र पनि हो । प्रज्वलशमशेर जबरा र रेनशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा जनरामा निर्मित चलचित्रमा साम्राज्ञी र धिरजका अलावा सारुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ । आईकोर फिल्मस्को व्यानरमा बनेको चलचित्रको निर्माता प्रभुशमशेर जबरा र प्रज्वलशमशेर जबरा हुन् । बिहिबार साँझ नै चलचित्रको प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा अधिकांश सहभागीले चलचित्रको विषयमा मिश्रित प्रतिक्रिया दिएका थिए ।

‘बाँध मायाले’
पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको यो चलचित्रको पहिलो प्रदर्शन अमेरिकामा गरिएको थियो । क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा गरिएको प्रिमियरमा चलचित्र धेरैले मन पराएका थिए । सविर श्रेष्ठको निर्देशन रहेको चलचित्रमा सृष्टिको अलवा आर्यन अधिकारी, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ लगायतको अभिनय देख्न सकिन्छ । रामहरि धिताल र विभिसिका श्रेष्ठको संयुक्त निर्माण रहेको चलचित्र बाबु श्रेष्ठले छायाँकन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप