सप्तरीमा फैलिएको संक्रमण स्वाईन फ्लू होइन : महाशाखा
तुलसी प्रसाद कोईराला
उदयपुर । सप्तरीको उत्तरी क्षेत्रमा पर्ने स्थानीय तहहरुमा देखिएको संक्रमण स्वाइन फ्लू भनेर चिनिने एचवान एन वानको नभएको पुष्टी भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापान शाखा प्रमुख डा प्रकाश प्रसाद साहका अनुसार सप्तरीको कन्चनरुप र हनुमाननगर नगरपालिकामा देखिएको संक्रमण मौसमी रुघाखोकी भएको बताए ।
सप्तरीमा स्वाईन फ्लूको भएको सार्वजनिक भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्व गरेर सप्तरी आउनु भएका डा. साहले सिजनेवल फ्लू (मौसमी रुघाखोकी) मात्र भएको जानकारी दिए ।
‘हामीले मृत्यु भएकाहरु नमुनाको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा स्वाईन फ्लूले विरामीको मृत्यु भएको भेटिएन,’ डाक्टर साहले भने, ‘सप्तरीमा देखिएको संक्रमण सिजेनवल फ्लु हो, जसलाई स्वाईन फ्लु, र हङकङ फ्लु भनिदैन ।’
सप्तरीको सप्तकोशी नगरपालिका क्षेत्रमा निरिक्षणको क्रममा आएका साहले बाहिर हल्ला गरे जस्तो गरि महामारी नरहेको उनले दावी गरे । कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य शिविर सञ्चालन गरेर नमुना संकलन गरेको थियो ।
रुघाखोकी तथा उच्च ज्वरो लगायतका लक्षण देखिने रोगका कारण सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई सातामा तीन जना बालक र एक महिला गरी चार जनाको मृत्यु भएपछि महाशाखाको टोली सप्तरी जिल्लामा परिचालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण