छोरीहरुको जन्मदिनमा श्वेता–श्री फाउन्डेसनलाई सहयोग
काठमाण्डौँ । पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणि चलिसेका नाती सुशिल चालिसे र उनकी धर्मपत्नी अनिता भण्डारी चालिसेले आफ्ना छोरीहरुको जन्मदिनको अवसरमा नायिका श्वेता खड्काको फाउन्डेसनलाई सहयोग गरेका छन् ।
चार वर्षीया शायना चालिसे र एक वर्षीया समिका चालिसेको जन्मदिनको अवसरमा ५० हजार रुपैयाँमा एक कार्यक्रमका बीच चर्चित नायिका श्वेता खड्कालाई हस्तान्तरण गरिएको छ ।
श्रेष्ठले देशमा आएको महाप्रलयकारी भूकम्पपछि पुनर्निर्माणमा लाग्ने प्रण गरेकी नायिका खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको सीमान्तकृत जाती माझी समुदायको एउटी बुहारीको रुपमा ‘माझी बस्ती’ निर्माण गर्ने उद्देश्य अनुरुप सो समुदायको ५६ परिवारका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकी छिन् ।
सो परियोजनामा केही इट्टा थप्न सहयोगी हुने किसिमले सो रकम हस्तान्तरण गरिएको सूर्य चालिसेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण