कास्कीमा फुटबल एकेडेमी बनाइने
कास्की — अखिल नेपाल फुटबल सङ्घ एन्फाले यहाँ प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ । उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा महानगरपालिका–१५ को तल्लो भाग र माछापुच्गाछ«े उँपालिकाको वडा नं ६ भेडाबारीस्थित सरकारी जग्गा बिहीबार निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले सडक पूर्वाधारको पहुँच र माछापुच्छ«े तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भेडाबारीमा एकेडेमी बन्ने सम्भावना देखिएको बताए ।
लगभग रु १० करोडको लागतमा निर्माण हुने एकेडेमीमा १४, १६ र १८ गरी तीन उमेर समूहका ९० किशोरका लागि खाने, बस्ने, कार्यालय भवन र अभ्यास मैदान निर्माण गर्ने तयारी भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।
निरीक्षण गर्दा दुवै जग्गा उपयुक्त देखिएको बताउँदै उनले भेडाबारीमै बनाउन सकिने भए पनि त्यसको अन्तिम निर्णय प्राविधिक समितिको प्रतिवेदनपछि मात्र गरिने उल्लेख गरे ।
करीब पाँचसय रोपनी जग्गा गाउँपालिकाले नापजाँच गरेर पठाएपछि एन्फाले प्राविधिक टोली अध्ययनका लागि लागि पठाउने र त्यसको प्रतिवेदनका आधारमा निर्णय लिइने अध्यक्ष शेर्पाले भनाइ थियो ।
तल्लो तहबाटै फुटबलको विकास गर्ने उद्देश्यले एन्फाले सातै प्रदेशमा एकेडेमी निर्माण गरेर फुटबल खेलको विकास गर्ने लक्ष लिएको जानकारी दिँदै उहाँले आगामी वर्षबाट गण्डकी प्रदेश र प्रदेश नं ५ मा एकेडेमी निर्माणको काम शुरु हुने जानकारी दिए । पोखराबाट १७ किमीको दूरीस्थित भेडाबारीमा एकेडेमी बनाउन अन्यत्रभन्दा उपयुक्त भएकाले सोही स्थानलाई छनोट गरिनुपर्ने स्थानीयवासीको माग छ ।
माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जग्गा नापजाँचको काम भइरहेको र असोज दोस्रो हप्ताभित्रमा जग्गाको यकिन विवरणसहित एकेडेमी निर्माणका लागि एन्फालाई पत्राचार गरिने जानकारी दिए । “भेडाबारीे एकेडेमीका लागि उपयुक्त छ, पूर्वाधार निर्माण गर्न पनि सहज छ भन्ने हाम्रो ठम्याइ हो”,उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण