झोलुङ्गे पुल विस्तारसँगै घट्यो जोखिम
रोल्पा — जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ ।
भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा जोखिम हुँदै आएको थियो । जिल्ला समन्वय समितिअन्तर्गत झोलुङ्गे पुल सहयोग कार्यक्रमबाट झोलुङ्गे पुल विस्तार भएको हो ।
आवतजावतमा समस्या भोग्दै आएका समुदायलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन भइरहेको जिससका सब–इञ्जिनियर तीलक केसीले बताए ।
जिल्लामा हालसम्म २०७ झोलुङ्गे पुल निर्माण भइसकेका छन् । प्रतिपुल निर्माणका लागि रु २५ लाखदेखि रु ४५ लाखसम्म खर्च हुने गरेको छ । ट्रस्टपुल कम लागतमा तयार भए पनि झोलुङ्गे पुलमा अत्यधिक बजेट खर्च भइरहेको केसीले बताए । पुराना पुल मर्मत र नयाँ निर्माणका लागि समुदायबाट माग आइरहेको केसीको भनाइ छ ।
हालसम्म सुनछहरी गाउँपालिकामा सबैभन्दा धेरै झोलुङ्गे पुल निर्माण भएको छ । सो गाउँपालिकामा ६० झोलुङ्गे पुल निर्माण भइसकेको छ । यसैगरी दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकामा जिल्लामै कम झोलुङ्गे पुल निर्माण भएको देखिएको छ । रुन्टीगढी गाउँपालिकामा हालसम्म जम्मा ६ मात्रै झोलुङ्गे पुल निर्माण भएको बताइएको छ ।
जिल्लाको दुर्गम भूगोललाई प्राथमिकता दिएर काम गरेका कारण उत्तरपूर्वी रोल्पामा बढी मात्रामा झोलुङ्गे पुल बनेको गैसस विकास सरोकार समाज रोल्पाका अध्यक्ष कर्ण वाँठाले जानकारी दिए ।
स्थानीय जनताले काठको अस्थायी पुल तथा फड्के बनाउँदा हरेक वर्ष वनजङ्गलको समेत नास हुँदै आएकामा पुल निर्माणले स्थायी समाधान दिनुको साथै जङ्गल विनास हुनबाट समेत जोगिएको बताइएको छ ।
पुल निर्माणपछि सुरक्षित यात्रा गर्न पाएकामा सूर्योदय आधारभूत विद्यालय धवाङ्गका शिक्षक बुद्धीराम केसीले खुशी व्यक्त गरे । २० वर्षे जागिर अवधिमा १९ वर्ष खोला तरेरै आवतजावत गरियो, अघिल्लो वर्ष पुल बनेकाले सजिलो भएको छ, केसीले भने । वर्षातको मौसममा निकै चुनौती मोलेर खोला तर्न बाध्य भयौँ, केसीले भने । पुल अभावका कारण सोही खोलामा बगेर धेरै मान्छेले ज्यान गुमाएको तथा घाइते भएको केसीको भनाइ छ । हरेक वर्ष स्थानीय जनताले वनका ठूलठूला रुख काटेर फट्के हाल्ने चलन भए पनि त्यसको स्थायित्व नहुनाका साथै वन पनि विनास हँुदै आएको शिक्षक केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण