शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षक कामको आधारमा पुरस्कृत र दण्डित

शुक्रबार, ०५ असोज २०७५, ०९ : ३१
शुक्रबार, ०५ असोज २०७५

मेलम्ची — सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले शिक्षकलाई कामको आधारमा पुरस्कृत र दण्डित गर्ने भएको छ । 

गाउँपालिका अध्यक्ष टासी लामाले थाङपालधापमा आयोजित पञ्चवर्षीय शैक्षिक कार्ययोजना प्रस्तुत कार्यक्रममा शिक्षण पेशामा इमान्दार नहुने शिक्षकलाई कारबाही गरिने र शिक्षकहरुका बीचको विभेद अन्त्य गर्दै सबैलाई समान व्यवहार गरिने जानकारी दिए । 

सरकारले स्थायी शिक्षकलाई मात्र पोशाक सुबिधा दिँदा अस्थायी, करार र ज्यालादारीका शिक्षकमा हीनतावोध भएको र यसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष असर परेकाले सबैलाई समान व्यवहार गरिनेमा उनले जोड दिए ।

गाउँपालिकालाई कृषि र पर्यटनको गन्तव्य बनाइने लक्ष लिइएकाले सबै विद्यालयमा पर्यटन र कृषि शिक्षालाई अनिवार्य लागू गराउन पनि उनले  सुझाव दिए । 
कमिटेड नेपाल काठमाडौँको सहकार्यमा विभिन्न वडाका शिक्षा समितिसँग छलफल गरी उक्त कार्ययोजनालाई हिजो प्रस्तुत गरिएको थियोे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप