शिक्षक कामको आधारमा पुरस्कृत र दण्डित
मेलम्ची — सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले शिक्षकलाई कामको आधारमा पुरस्कृत र दण्डित गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष टासी लामाले थाङपालधापमा आयोजित पञ्चवर्षीय शैक्षिक कार्ययोजना प्रस्तुत कार्यक्रममा शिक्षण पेशामा इमान्दार नहुने शिक्षकलाई कारबाही गरिने र शिक्षकहरुका बीचको विभेद अन्त्य गर्दै सबैलाई समान व्यवहार गरिने जानकारी दिए ।
सरकारले स्थायी शिक्षकलाई मात्र पोशाक सुबिधा दिँदा अस्थायी, करार र ज्यालादारीका शिक्षकमा हीनतावोध भएको र यसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष असर परेकाले सबैलाई समान व्यवहार गरिनेमा उनले जोड दिए ।
गाउँपालिकालाई कृषि र पर्यटनको गन्तव्य बनाइने लक्ष लिइएकाले सबै विद्यालयमा पर्यटन र कृषि शिक्षालाई अनिवार्य लागू गराउन पनि उनले सुझाव दिए ।
कमिटेड नेपाल काठमाडौँको सहकार्यमा विभिन्न वडाका शिक्षा समितिसँग छलफल गरी उक्त कार्ययोजनालाई हिजो प्रस्तुत गरिएको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण