सुतली बम र खुकुरीसहित दुई जना पक्राउ
शुक्रबार, ०५ असोज २०७५, ०९ : ०९
लहान - प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले सुतली ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
प्रहरीले शङ्का लागेर झोला जाँच गर्दा ती सामान फेला परेको थापाले बताए । पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
-
गम्भीर रोगबाट बच्ने अचूक उपाय : भान्सामा दैनिक समावेश गर्नुहोस् यी १३ खानेकुरा
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
घरदैलोमै सामाजिक सुरक्षा भत्ता
-
३५ वर्ष पार गरेका महिलाले जान्नैपर्ने शरीरका परिवर्तन र समाधानका ६ उपाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण