बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पका जेठा छोरालाई सिनेट समितिमा उपस्थित हुन आदेश

बिहीबार, ०५ साउन २०७४, १८ : १३
बिहीबार, ०५ साउन २०७४

वासिङटन –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा र सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रचार अभियानका मुख्य व्यवस्थापक पाउल म्यानाफर्टलाई अमेरिकाको सिनेट समितिले सुनवाइका लागि बोलाएको छ । 

उहाँहरु अमेरिकी सिनेटको समितिमा अर्को हप्ता उपस्थित हुनुपर्ने भएको हो । उहाँहरुलाई आगामी जुलाई २४ सोमबारका दिन सिनेटको इन्टेलिजेन्स कमिटीको बैठकमा सुनुवाईका लागि बोलाइएको हो । 

सन् २०१६ को निर्वाचनका समयमा रुससँग गरेका इमेल वार्तालापका श्रृंखलाहरु सार्वजनिक गरेका राष्ट्रपतिका जेठा छोरा र सो निर्वाचनका प्रमुख व्यवस्थापक पाउललाई सोही विषयमा बुझ्नका लागि बोलाइएको बताइएको छ । 

राष्ट्रपतिका छोराले ती इमेलमा आफ्ना पितालाई राष्ट्रपतिमा विजयी गराउनका लागि पत्राचार गरेको स्वीकार पनि गरिसक्नुभएको छ । 

ती मेलमा एकजना रुसी वकिलले राष्ट्रपतीय निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जुनियरले स्वागत गर्नुभएको छ । 

ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकामा एउटा नयाँ विवादको सुरुवात भएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराको उक्त कार्यको बचाउ गर्नुभएको छ । रासस/सिन्ह्वा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप