भक्तपुरमा सडक दुर्घटना, दुई जनाको मृत्यु
भक्तपुर अरनिको राजमार्गमा गएराति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका –९ जगाती नजिकैं बिहीबार राति बनेपा जाँदै गरेको बा २ ख ९४५४ नं बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकल पछाडि रहेकी चितवन घर भई हाल मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेलले रातोपाटीलाई जानकारी दिए ।
दुर्घटनापछि घाइते दुबैको उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण