एकीकृत नमूना बस्ती भवन शिलान्यास
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा रामनाथ एकीकृत नमूना बस्ती निर्माण गरिने भएकोे छ । स्थानीयवासी शारदाप्रसाद ढकालले निःशुल्क उपलब्ध गराउनुभएको साँढे सात रोपनी जग्गामा बिहीबार नगरप्रमुख दीपनारायण रिजालले उक्त बस्तीको भवन शिलान्यास गरेका हुन् ।
बीस घर भूकम्पपीडित र चार घर अन्य गरी २४ परिवारका लागि नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको सो बस्ती देशकै नमूना बनाइने उनले बताए ।
भूकम्पपीडितले पाउने प्रतिघर रु तीन लाखको दरले रु ६० लाख र बाँकी रकम पुनःनिर्माण प्राधिकरण तथा नगरपालिकाले लगानी गर्ने जनाइएको छ । नगरपालिकाले घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत गर्ने जनाइएको छ ।
सामुदायिक भवनसमेत निर्माण गरिने उक्त बस्तीमा बालबालिकाका लागि छुट्टै बाल उद्यान पनि निर्माण गरिने बस्ती निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताए । ‘एक घर, एक उत्पादन’ गर्ने लक्ष्य लिइएको उक्त बस्तीभित्रका १६ घरको नक्सासमेत पास भइसकेको नगरपालिकाले जनाएको छ । हिमशृङ्खला तथा तराईका समथर भूभाग सजिलै देख्न सकिने विजयखर्कलाई पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने तयारी गरिएको नगर प्रमुख रिजालले बताए ।
बहुउद्देश्यीय बस्ती निर्माणको काम दशैँ तिहारलगत्तै शुरु हुने जनाइएको छ । सगरमाथा राजमार्गले छोएको विजयखर्कमा पर्यटन विकासको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण