यौनशक्ति बढाउन सर्पको मासु
बीबीसी
के तपाईंले कहिले सर्पको मासु चाख्नुभएको छ ? सर्पको मदिराको एकदुई घुट्की नि ? नेपालीहरु धेरैले ‘छैन’ नै भन्नुहुन्छ होला ।
तर भियतनाममा भने सर्पको मासु खाने चलन छ । सर्प खाने आँट भएका मानिसहरुलाई भियतनाम गज्जबको स्थान हुनसक्छ ।
जङ्गलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जीवितै राखिन्छ । पछि उम्लिरहेको पानी खन्याएर तिनलाई मारिन्छ । त्यसपछि सफा गरेर, काटकुट पारेर भुटिन्छ र लेमन ग्राँस र खोर्सानीसहित पस्किइन्छ ।
एक स्थानीयले आफूलाई सर्पको मासु निकै मनपर्ने बताउँछन् । उनी भन्छन्, ‘सर्पको मासु स्वादिष्ट हुन्छ । मलाई धेरै मनपर्छ । सर्पको मासु खाँदा हामीले सर्पको रगत, पित्त वा मुटुसँग मदिरा पिउनै पर्छ । ’
सर्पको छालादेखि केही पनि खेर जाँदैन । सर्पको मासु र रगतले यौनशक्ति बढाउँछ भन्ने मान्यता छ । तर ५० वर्ष माथिका पुरुषले मात्र पिउनुपर्ने बताइन्छ । कम उमेरमा मान्छेमा भने यसले नपुंसकता हुनसक्ने त्यहाँका स्थानीय बताउँछन् ।
स्थानीय मानिसहरु भन्छन्, ‘सर्पको मासुले टाउको दुखेको निको हुन्छ । खाएको पच्छ र हड्डी बलियो हुन्छ ।’
तर सर्प मार्दा जङ्गलको इकोसिस्टम बिग्रन्छ । फोर् पज् इन्टरनेशनलकी इयोना डुङ्ग्लेर भन्छिन्, ‘यी जीवबाट खाने र पिउने पदार्थ बनाउने पूरै प्रक्रिया धेरै कष्टप्रद छ । र यो जेका लागि गरिन्छ त्यो युक्तिसंगत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण